२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

काभ्रेको पनौतीमा ‘साहित्यसँग सहकारी र पर्यटन विषयक’ अन्तर्क्रिया

सुनकोशी वाङ्मय प्रतिष्ठान र जनमैत्री बचत तथा ऋण साकोसको संयुक्त आयोजनामा 'साहित्यसँग सहकारी र पर्यटन विषयक' अन्तर्क्रिया भएको छ।

काभ्रेको पनौतीमा आयोजित कार्यक्रममा वक्ताहरूले सहकारी र पर्यटनसँग साहित्यको अन्योन्याश्रित सम्बन्ध भएको बताए।

सुनकोशी वाङ्मय प्रतिष्ठान र जनमैत्री बचत तथा ऋण सहकारी संस्था लिं को संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा वक्ताहरूले उक्त कुरा बताएका हुन्।

पत्रकार राजेश खनालले सहजीकरण गरेकाे कार्यक्रममा प्राडा लक्ष्मणप्रसाद गौतम, वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदन, साहित्यकार एवं पर्यटन व्यवसायी प्रदीप सापकोटा र सहकारीकर्मी श्यामहरि सापकोटाले भाग लिएका थिए। उनीहरूले सहकारीले साहित्य र पर्यटन विकासमा महत्त्वपूर्ण योगदान गर्न सक्ने बताए।

छलफलमा सहभागी हुँदै समालोचक तथा साहित्यकार प्राडा लक्ष्मणप्रसाद गौतमले भने, 'सामुहिक भावनाबाट जन्मेको सहकारी वर्तमान अवस्थामा विचलन नभैकन राम्रा कार्यहरू गरिरहनु आफैंमा उल्लेखनीय भएको छ।'

उनले साहित्यकारले अनुभूत गरेका कुराहरू लेख्ने भएकाले संस्थागत प्रचारमा पनि साहित्यको भूमिका बढ्ने बताए। सहकारी आर्थिक कारोबार मात्र नभई साहित्यको सेवा गर्न पनि सक्षम छ भन्ने प्रस्तुत कार्यक्रमले स्पष्ट पारेको प्राडा गौतमले बताए।

काभ्रेको पनौतीमा आयोजित अन्तर्क्रिया कार्यक्रममा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ 'रोदन'ले साहित्यको उन्नयन र विकासमा सहकारीले धेरै योगदान गर्न सक्ने बताए। उनले पर्यटनको विकासमा साहित्यको महत्त्वपूर्ण योगदान रहेको बताए।

'पर्यटन र साहित्य एक अर्काको परिपूरक हो' उनले भने। हिजोका परिकल्पना आज व्यवहारिक प्रयोग भएको भन्दै उनले साहित्य, पर्यटन र सहकारी सँगै लैजानुपर्नेमा जोड दिए।

पर्यटन व्यवसायमा समेत संलग्न साहित्यकार प्रदीप सापकोटाले साहित्यले पर्यटनको विकास हुने बताए। उनले साहित्यले पर्यटनको विकासमा योगदान गर्न सक्ने भन्दै यसको निम्ति सम्बन्धित पक्षले पहलकदमी लिनुपर्ने बताए।

श्यामहरि सापकोटाले साहित्य र पर्यटनको विकासमा सहकारीको भूमिका अहं रहेको बताए। उनले साहित्यिक कार्यमा सहकारीको सहयोग रहँदै आएको उल्लेख गरे।

उक्त कार्यक्रममा कवि पवन आलोक, छविरमण सिलवाल, श्रीओम श्रेष्ठ 'रोदन', प्रदीप सापकोटा,मधु पाठक, सुमन सौरभ, पूर्णबहादुर श्रेष्ठ, लोकनाथ सापकोटा, रामसुन्दर देउजा लगायतका कविले कविता वाचेका थिए।

शंकर भारती, बालकृष्ण तामाङ लगायतले पनि आफ्ना धारणाहरू राखेको उक्त कार्यक्रमको अध्यक्षता रामचन्द्र सापकोटाले गरेका थिए। जनमैत्रीका उपाध्यक्ष सापकोटाले सुन्दर कार्यक्रम भएको टिप्पणी गर्दै आउँदाे दिनमा यस्ता कार्यक्रमले निरन्तरता पाउने बताए।

श्यामहरि सापकोटाको स्वागत एवं कोषाध्यक्ष तिर्थराज सापकोटाले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रममा जनमैत्री साकोसका प्रमुख व्यवस्थापक बेदप्रसादले जनमैत्रीको वर्तमान अवस्थाबारे प्रकाश पारे।

कार्यक्रमको औचित्यबारे सुनकोशीका अध्यक्ष छविरमण सिलवालले प्रकाश पारेको उक्त कार्यक्रममा साहित्यकार एवं अन्य विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो।

प्रकाशित: १४ पुस २०८२ ०७:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App