५ चैत्र २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

'माया गर्छु नि हौ' म्युजिक भिडियो सार्वजनिक

साहित्यका विविध विधामा कलम चलाउँदै आएका स्रष्टा सुरेश राईले 'माया गर्छु नि हौ तिमीलाई' म्युजिक भिडियोमार्फत आफूलाई गीतकारकाे साथ गायककाे रूपमा चिनाएका छन्।

भर्खरै सार्वजनिक उनकाे 'माया गर्छु नि हौ तिमीलाई' उनी स्वयम् र द शफायरको सहकार्यमा तयार भएको शब्द /संगीतमा कवि राईले आवाज दिएका छन्। गीत सुरेश राई एण्ड द शफायर युट्युब च्यानलमा सार्वजनिक भएको हो। गीतलाई देवेश राईले एरेन्जमेन्ट गरेका हुन्।

वेदना राईले निर्देशन गरेको गीतको उक्त भिडियोमा कलाकारहरू जीवन भट्टराई, द शफायर र सन्जय थुलुङ राईको जीवन्त अभिनय देखिन्छ।

कवि राईका अनुसार उनको स्वरमा अन्य दुई गीत पनि छिट्टै बजारमा ल्याउने तयारी छ। गीत रङ्काशु स्टेडियाे अनामनगरमा रेकर्ड गरिएको हो भने पोस्ट प्रोडक्स पुमा फिल्मस् एन्ड छड्के टोपी आर्ट्सको हो।

खाेटाङ, दिक्तेल रूपाकाेट मझुवागढी नगरपालिका- ३, बाम्राङका गायक राईका सम्झनाको फोटोकपी (कवितासंग्रह, २०८०) प्रकाशित रहेकाे छ।

प्रकाशित: ५ चैत्र २०८२ ०८:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App