साउन २२ देखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘हली’ को ट्रेलर सार्वजनिक भएको छ।
निर्देशक ओम प्रतिकको निर्देशनमा तयार चलचित्र ‘हली’ को ट्रेलर शुक्रबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक भएको हो । फिल्म हलीको ट्रेलरमा पहिलो पटक महिनावारी हुँदाको फरक व्यवहार तथा महिनावारीकै पीडा, तनाव र उचित ज्ञानको अभावमा पढाइमा असर पुगेको र मानसिक तनाव खेप्नुपरेको विषय समेटिएको छ। जहाँ उनलाई २१ दिनसम्म छाउघरमा एक्लै राखिन्छ। त्यसमा २१ दिनसम्म छोरीलाई बुवाको अनुहार हेर्न हुँदैन, हेरे बाफर्त कुनै नराम्रो घटना जस्ता हुने अन्धविश्वाशले गाँउनै भरिएको उक्त ट्रेलरमा समावेश छ।
निर्देशकले भन्छन्, ‘पश्चिम क्षेत्रमा महिनावारी हुँदा पहिलो पटक छाउप्रथामा राख्ने गरिने रै’छ। त्यही यथार्थ कथामा यो चलचित्र निर्माण गरेका हौँ।’
पूजा गुरुङ र जस्मिन श्रेष्ठले सहकार्यमा निर्माण भएको चलचित्रमा प्रमोद दीप, सुजाता थापा, विद्या कार्की, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीलगायतको अभिनय छ।
प्रकाशित: ८ श्रावण २०८३ १६:३३ शुक्रबार





