२१ माघ २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

असन्तुष्ट समूहलाई वार्तामा आउन प्रतिष्ठानको आह्वान

फाइल तस्बिर

भ्रष्टाचारको आरोप लगाउँदै सामाजिक सञ्जाल र प्रतिष्ठानको गेट अगाडि विरोध जनाउने असन्तुष्ट समूहलाई नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले वार्तामा आउन आह्वान गरेको छ। 

प्रतिष्ठानले आज एक विज्ञप्ति जारी गरी प्रतिष्ठानको काम कारबाहीप्रति असन्तुष्ट समूहलाई लिखित रूपमा माग प्रस्तुत गरी छलफलमा आउन ध्यानाकर्षण गराएको हो । विज्ञप्तिमा यही पुस १६ गते ‘प्रतिष्ठानविरुद्ध विरोधमा कार्यक्रम, नेपाली कलाकर्मीको आवाज अभियान’ भनी विभिन्न विषयका १५ बुँदा दिई सामाजिक सञ्जालमा आएको र त्यसै दिन केही कलाकार जम्मा भई प्रतिष्ठानको गेटबाहिर विरोध कार्यक्रम सञ्चालन गरेको उल्लेख छ।   

यसले प्रतिष्ठानको काम कारबाही र पदाधिकारीप्रति असन्तुष्टि व्यक्त गरेको भए पनि विभिन्न आरोप र आक्षेपप्रति प्रतिष्ठानको ध्यानाकर्षण भएको उल्लेख छ। प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र काफ्ले ‘थुम्केली’ले आरोप र विरोध सामाजिक सञ्जालमा गर्नु भन्दा लिखित र आधिकारिक रूपमा प्रतिष्ठानसँग माग राख्न अनुरोध गरेको बताए।   

‘हामीले सामाजिक सञ्जालमा प्रतिष्ठानको विरोध गरेको देख्यौँ’, समाधानका लागि वार्तामा औपचारिक रूपमा आउनुपर्छ । हामी उहाँहरूका गुनासा सुन्छौँ,’ उनले भने । रासस

प्रकाशित: २४ पुस २०८२ १२:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App