चलचित्र ‘जूबा’को छायांकन सुरु भएको छ। अस्त्र फिल्मसको प्रस्तुति रहने चलचित्रको छायांकन सर्लाहीबाट सुरु भएको हो।
बुधबार शुभमुहूर्त गर्दै छायांकन सुरु भएको चलचित्र ७ दिन खिचिनेछ। सर्लाही र काठमाडौं सँगै यो सिनेमा भारतको राजस्थानमा पनि सुटिङ हुनेछ। ७५ दिनको छायांकन सेड्युल राख्नुले यो चलचित्रले पूर्णरुपमा सिनेम्याटिक फिल दिने प्रस्ट हुन्छ। ठूलो क्यानभासमा सिनेमा खिचिने यसको लोकेसन र सुटिङ डेजले पनि पुष्टि गर्छ।
‘जूबा’को मुख्य भूमिकामा सौगात मल्ल छन्। प्रकाश कर्णको लेखन तथा निर्देशन रहने चलचित्रको स्क्रिनप्ले तथा राइटर वर्षा पौडेल हुन्। क्रिएटिभ प्रोडुसरमा निर्देशक कर्ण र राइटर वर्षा दुवै छन्।
चलचित्रमा नायिकाको रुपमा सोफी धरेलले डेब्यु गर्ने भएकी छन्। सौगात र सोफीसँगै मुख्य भूमिकामा रहेका अर्का कलाकार सुधन पोखरेल छन्। उनको यो तेस्रो चलचित्र हो। यसअघि, उनले दुईवटा सिनेमामा काम गरिसकेका छन्। मुख्य भूमिकामा भने उनको यो पहिलो चलचित्र हो।
रक क्यासल स्टुडियोको निर्माण रहने चलचित्र घोषणासँगै तीनवटा क्यारेक्टर पोस्टर यसअघि नै सार्वजनिक गरिएको थियो। एउटा पोस्टरमा सौगात मल्ल मात्रै थिए। उनी क्यामेरा अगाडि रहेर क्यामेरालाई नमस्ते गरिरहेका थिए।
अर्को पोस्टरमा उनी पिसिओमा उभिएर फोनमा कुरा गरिरहेको देखिएका थिए। ल्यान्डलाइन फोन र उनको र सोफीको गेटअपले यो चलचित्रले दुई दशक अगाडिको कथा भन्ने संकेत गरेको थियो। यसमा सोफी केही रिसाइरहेकी र सौगात फोनमा कुरा गरिरहेका थिए।
अर्को पोस्टरमा सुधन, जो खलपात्रमा छन्। सिगार तानिरहेका उनको लुक्सले उनी खतरनाक भिलेनको भूमिकामा रहेको प्रष्ट पारेको थियो। चलचिको कथा, अन्य कलाकार तथा अन्य पक्षबारे भने निर्माण टिमले केही पनि खुलाएको छैन।
प्रकाशित: १७ वैशाख २०८३ ०८:३९ बिहीबार





