२२ पुस २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

फिल्म निर्देशक लिङ्देन सम्मानित

फिल्म निर्देशक दलप्रसाद लिङ्देन (दिनेश लिङ्देन) अमेरिकामा सम्मानित भएका छन्। अमेरिकामा रहँदै आएका नेपाली जनजातिहरूको साझा संस्था नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले लिङ्देनलाई ३१ औं विश्व आदिवासी दिवसको अवसरमा सम्मान गरेको हो।

निर्देशक लिङ्देनले ‘काबेली’, ‘रीत’, ‘शान्ति’, ‘अदालत’, ‘दुस्प्रयास’, ‘पायल’, ‘खोजतलास’ जस्ताे फिल्म निर्देशन गरेका छन्। ‘यो सम्मानले अझै जिम्मेवार भएर काम गर्ने हौसला मिलेको छ’, लिङ्देनले भने।

उक्त सम्मान कार्यक्रममा लिम्बु, राई, गुरुङ, मगर, नेवार, तामाङ, थारु, शेर्पा लगायतका जातिहरूले आआफ्नो झाँकीकाे साथ न्यूयोर्क सिटीमा र्‍याली निकालेका थिए।

कार्यक्रममा नेपाल अमेरिका फिलिपिन्स थाइल्याण्ड, बर्मा लगायत विभित्र देशका आदिवासी कलाकारहरूले संस्कृतिमूलक गीत तथा नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष तोरण गुरुङ, नेपाली महावाणिज्यदूतवासका महावाणिज्यदूत दधिराम भण्डारी, उज्यालो नेपालका अभियन्ता तथा नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ, उद्यमी व्यावसायी केशवराम राई र फिल्म निर्देशक सुरज सुब्बा लगायतको उपस्थिति रहेकाे थियो। 

प्रकाशित: २६ श्रावण २०८२ ११:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App