७ पुस २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

उपन्यासकार डा. धर्म सापकाेटा ‘राजु’ काे ‘बाहेक’ लोकार्पण

उपन्यासकार डा. धर्म सापकाेटा ‘राजु’ काे ‘बाहेक’ उपन्यास लोकार्पण भएकाे छ।

शिखा बुक्स बाघबजार काठमाडाैंकाे आयाेजना तथा श्यामलकाे प्रमुख आतिथ्यमा उपन्यासकाे लाेकार्पण भएकाे हाे।

प्रमुख अतिथि श्यामल, समालाेचक राजकुमार बानियाँ, सुमन वर्षा, शिखा बुक्सका निर्देशक पुष्पराज पौडेल र उपन्यासकार ‘राजु’ ले पुस्तककाे लाेकार्पण गरेका हुन्।

परिचर्चाकार सुमन वर्षाले उपन्यासकार राजुले पुरानै घटना भए पनि प्रभावकारी प्रस्तुतिले उपन्यास ओजिलो बनेकाे बताइन्। उनले पैसा र पहुँच नहुँदा कसरी जीवन कठाेर हुन्छ भन्ने युवाकाे मनस्थिति  उपन्यास मार्फत प्रस्तुत गरिएकाे बताइन्।

समालाेचक राजकुमार बानियाँले विषयवस्तु, प्रस्तुति र सन्देशकाे सुन्दर संयाेजनले उपन्यास पठनीय बनेकाे बताए। उनले जेन-जी पुस्तालाई पढाउनै पर्ने उपन्यास भए पनि सबै उमेर समूहका लागि उत्तिकै पठनीय भएकाे बताए।

परिचर्चाकारहरूले उपन्यासमा ‘शरीर मिले पनि मन मिलेको हुँदैन र मन मिले पनि शरीर मिलेको हुँदैन’ भन्ने विषय शालीन रूपमा प्रस्तुत भएकाले उपन्यासकाे पाठक बढ्ने बताएका थिए।

श्यामलले उपन्यासकारलाई शुभकामना दिँदै उपन्यास नेपाली साहित्यकाे क्षेत्रमा राम्राे उपलब्धि भएकाे बताए।

साहित्यकार शाेभा अधिकारीले सञ्चालन गरेकाे कार्यक्रममा प्राज्ञ अमर न्याैपाने, तुलसीहरि काेइराला, लता केसी, शान्ता तिम्लिसना, धर्मेन्द्र यादव लगायतका साहित्यप्रेमी, पाठकवर्ग, लेखक र पत्रकारहरूको उपस्थिति रहेकाे थियाे।

गैंडाकोट नगरपालिका - ५, नवलपरासीका उपन्यासकार सापकोटाका बुद्धिमानीको परीक्षा, (बालकथासंग्रह, २०६२), बहिर्गमन (लघुकथासंग्रह, २०७३) र बाटो (कथासंग्रह, २०७६) प्रकाशित कृति हुन्।

उपन्यासकार सापकाेटाले युनिभर्सिटी अफ सेफिल्ड, बेलायतबाट संरक्षण विज्ञानमा विद्यावारिधि गरेका हुन्।

प्रकाशित: ५ पुस २०८२ ०९:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App