‘सबैले आआफ्नाे कला, संस्कृति र रीतिरिवाजको संरक्षण गर्नुपर्छ’ भन्ने विचारकाे साथ पाेखरामा नेवाः खलः चाउथे गठन गरिएकाे छ।
नयाँ पुस्ताहरूलाई आफ्नो भाषा, कला र संस्कृति बुझ्न र बुझाउन नेवाः खलः चाउथे संस्था गठन गरिएको हाे।
उक्त भेलाले सुमित्रा मल्ल उदासकाे अध्यक्षतामा सर्वसम्मत रूपमा कार्यसमिति गठन गरेको छ। जस अनुसार उपाध्यक्षमा शर्मिला श्रेष्ठ, सचिवमा मिरोजनारायण जोशी , कोषाध्यक्षमा प्रकाश श्रेष्ठ, सहसचिवमा राधामाया कर्माचार्य र सदस्यहरूमा सृजना राजभण्डारी, सुशिला प्रधान, झलकनारायण श्रेष्ठ, शिवकुमार श्रेष्ठ, लुना श्रेष्ठ र लक्ष्मी ताम्राकार चयन भएका छन्।
नव निर्वाचित अध्यक्ष सुमित्रा मल्ल उदासले पोखरा सम्पूर्ण नेवार समेटेर आफ्नो कला संस्कृति जोगाउने, नेवारी चाडपर्व र जात्राहरूको प्रवर्धन गर्ने प्रयास गर्ने बताए।
त्यस्तै उपाध्यक्ष शर्मिला श्रेष्ठले आफ्नो जन्मथलो छोडेर अवसरको खोजीमा विभिन्न ठाउँबाट पोखरामा बसोबास गर्ने नेवारहरू गोलबद्ध गर्दै आफ्नो भाषा, मौलिक परम्परा तथा रीतिरिवाजहरूको संरक्षण र विकास गर्दै हाम्रो नयाँ पुस्ताहरूलाई आफ्नो भाषा, संस्कृति सिक्न सिकाउन प्रेरित गर्ने उद्देश्यले संस्था गठन गरिएको बताए।
नयाँ कार्यसमितिलाई साहित्यकार दीपक समीप, नेपालभाषा पत्रिकाका प्रधान सम्पादक उदयबहादुर अमात्य र समाजसेवी बुद्धबहादुर ताम्राकार उदासले शुभकामना दिएका थिए।
प्रकाशित: १९ आश्विन २०८३ ११:०२ सोमबार





