१९ आश्विन २०८३ सोमबार
image/svg+xml
समाज

कञ्चनपुरमा मोटरसाइकल दु*र्घटनामा एक युवकको मृ*त्यु

कञ्चनपुरमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। 

जिल्लाको बेदकोट नगरपालिका ७ लालपुरमा बुधबार मध्याह्न महेन्द्र राजमार्गअन्तर्गत मोटरसाइकल दुर्घटना हुँदा बेदकोट नगरपालिका ५ का अन्दाजी २४ वर्षीय विक्रम बमको मृत्यु भएको हो। 

प्रहरीका अनुसार दिउँसो १२ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से ६ प २२० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकमा पल्टिएको थियो। 

दुर्घटनामा गम्भीर घाइते भएका बमलाई तत्काल उद्धार गरी उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको थियो। उपचारका क्रममा दिउँसो १२ः५५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। 

प्रकाशित: १९ आश्विन २०८३ १४:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App