‘छन्द तरङ्ग काठमाडाैं’ ले वरिष्ठ कवि डा. नवराज लम्साललाई ‘विशिष्ट छन्दसाधना पुरस्कार-२०८२’ र युवाकवि पुरूषाेत्तम आचार्यलाई ‘छन्दसाधना युवा प्रतिभा पुस्कार-२०८२’ अर्पिने निर्णय गरेकाे छ।
प्राडाद्वय रामप्रसाद ज्ञवाली र प्राडा देवी नेपालकाे अनुसार उक्त पुरस्कार छन्द तरङ्गकाे साताैं वार्षिकाेत्सवकाे अवसरमा अर्पिने भएकाे छ।
नयाँबानेश्वरस्थित पाठशाला नेपाल फाउन्डेसनकाे सभा हलमा कात्तिक २२ गते शनिबार एक कार्यक्रमकाे बिच अर्पिने भएकाे हाे।
‘छन्द तरङ्ग’ छन्द कविताकाे स्तरीकरण तथा मानकीकरणका लागि स्थापना भएकाे एक विशेष अभियान हाे।
प्रकाशित: २० कार्तिक २०८२ ११:५१ बिहीबार





