३१ वैशाख २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

‘सांस्कृतिक योद्धा पूर्णप्रसाद ब्राह्मण’ लोकार्पण

वानीरा फाउन्डेसनले एक समारोह बीच राजधानी काठमाडौँमा शताब्दी पुरुष डा. सत्यमोहन जोशीको एक सय सातौँ जयन्ती मनाएकाे छ। 

सोही अवसरमा महासमालोचक प्राडा वासुदेव त्रिपाठीले नरेन्द्रराज प्रसाईद्वारा लिखित 'सांस्कृतिक योद्धा पूर्णप्रसाद ब्राह्मण' नामक कृतिको लोकार्पण गरेका छन्। उक्त कृति ४२ वर्षअघि नरेन्द्रराज प्रसाईले पूर्णप्रसाद ब्राह्मणसित लिएको अन्तर्वार्तामा आधारित छ। 'सांस्कृतिक योद्धा पूर्णप्रसाद ब्राह्मण' नइ एकेडेमीको १९३औं कृति हो।

वानीरा फाउन्डेसनका  सदस्यसचिव नरेन्द्रराज प्रसाईकाे अनुसार'सांस्कृतिक योद्धा पूर्णप्रसाद ब्राह्मण' नामक कृति माथि डा.त्रिपाठी र प्रा.केशव सुवेदीले बृहत् समीक्षा गरेका थिए।

सो अवसरमा प्रमुख अतिथि डा. त्रिपाठीले पूर्णप्रसाद ब्राह्मण विषयक विद्याविरिधि गर्ने प्रा.डा.नुरापति पोखरेललाई सम्मान गरेका छन्।

वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा कवेरी जोशी, दिनेश शर्मा, सदस्यसचिव नरेन्द्रराज प्रसाई र कार्यक्रम संयोजक भगवती बस्नेतले शताब्दी पुरुष डा. सत्यमोहन जोशीको महिमा र नव कृतिबारे मन्तव्य प्रकट गरेकी थिइन्।  

प्रकाशित: ३१ वैशाख २०८३ ०७:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App