गत मंगलबार र बुधबार भएको हिंसात्मक आन्दोलनमा सिंह दरबारदेखि लिएर देशभर विभिन्न सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुगेको थियो। सो आन्दोलनमा देशभरका प्रहरी चौकीलाई पनि निशाना बनाइएको थियो।
अहिले पनि प्रहरी सक्रिय रूपमा कार्यस्थल फर्कन सकेका छैनन्। अहिले सरसफाइको काम गर्न थालिएको छ।
कमेडियन साजन श्रेष्ठसहितको टोलीले जेन-जी आन्दोलनमा क्षतिग्रस्त प्रहरी चौकीमा रंगरोगन गरेको छ। गत मंगलबार र बुधबार भएको आन्दोलनमा क्षति पुगेको सहिद गंगालाल प्रगति क्लबमा उनीहरूको टोलीले रंगरोगन गरेको हो।
जानकारीअनुसार यो भवन स्थानीय जनताले थोरै-थोरै चन्दा उठाएर सहिदको नाममा ‘सहिद गंगालाल प्रगति क्लब’ भवन बनाएका थिए। त्यसपछि बिट स्थापना भएको थियो।
यसअघि जेन-जी आन्दोलनमा सहभागी हुँदा पनि उनले सबैलाई निजी र सार्वजनिक सम्पत्ति तोडफोड नगर्न अनुरोध गरेका थिए। उनको कामलाई लिएर अहिले सामाजिक सञ्जालमा तारिफ भइरहेको छ।
तस्बिर : साजन श्रेष्ठको फेसबुकबाट





प्रकाशित: ३१ भाद्र २०८२ १२:२३ मंगलबार



-600x400.jpg)

