२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

क्यानडामा कपिल शर्माको क्याफेमा गोली चल्यो, प्रहरीले के भन्यो ?

क्यानडाको ब्रिटिश कोलम्बियाको सरेमा रहेको हास्य कलाकार कपिल शर्माको क्याफेमा गोली चलेको घटना सार्वजनिक भएको छ।

सीबीसी न्यूजले सरे पुलिस सर्भिस (एसपीएस) लाई उद्धृत गर्दै भनेको छ, 'बिहीबार बिहान न्यूटन क्षेत्रको १२० औं स्ट्रिटमा रहेको क्याफेमा गोली चलाइएको थियो। त्यति बेला क्याफेभित्र कर्मचारीहरू उपस्थित थिए।'

आक्रमणमा कोही पनि घाइते नभएको प्रहरीले जनाएको छ। यद्यपि, क्याफेमा क्षति पुगेको छ।

आक्रमणपछि झ्यालहरूमा गोलीका निशानहरू देख्न सकिन्थ्यो। यस विषयमा कपिल शर्माको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।

सरे प्रहरी सेवाले प्रहरीले अन्य घटनाहरूसँगको सम्बन्ध र सम्भावित उद्देश्यको अनुसन्धान गरिरहेको बताएको छ।

सीबीएस न्यूजले क्याफेको सामाजिक सञ्जाल खातालाई उद्धृत गर्दै क्याफे एक हप्ताअघि मात्र खुलेको बताएको छ। एजेन्सी

प्रकाशित: २७ असार २०८२ ०९:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App