५ चैत्र २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

सलमान खानसँग स्क्रिन सेयर गर्दै अनुपविक्रम शाही

भारतीय सुपरस्टार सलमान खानको चलचित्र ‘ब्याटल अफ गल्वान’ मा अब नेपाली चलचित्रका अभिनेता अनुपवक्रिम शाही पनि देखिँदै छन्।  

उक्त खबर शाहीले शुक्रबार आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्। सलमान खान फिल्मस्को ब्यानरमा निर्माण भइरहेको चलचित्रमा शाहीले सलमानसँग महत्त्वपूर्ण भूमिकामा निर्वाह गरेको जनाएका छन्।

सलमानको करियरकै पहिलो बायोपिक चलचित्र, भारतीय सेनाका कर्नेल सन्तोष बाबुको भूमिकामा देखिँदैछ।

सन् २०२० मा भारत र चीनका सेनाबिच झपडको कथामा आधारित चलचित्र हो, जस्मा भारतीय सेनाको कर्नेल सन्तोष शहीद हुन्छन्।

चलचित्रको पहिलो चरणको छायाङ्कन भारत–चीन बिचको हिमाली बोर्डर लद्दाखमा पूरा भएको छ। हालै शाही छायाङ्कन पूरा गरेर नेपाल फर्किएका छन्। बलिउड डेब्यु र सलमानसँगको अनुभवबारे शाहीले बताए 'अनुभव एकदमै रमाइलो रह्यो। सलमानलाई मैले जस्तो सोचेको थिएँ, उहाँ त्यो भन्दा विनम्र, सहयोगी र सकारात्मक व्यक्तित्वको हुनुहुँदो रहेछन्।’

साथै पोस्टमार्फत शाहीले कृतज्ञ महसुस गर्दै अगाडिको यात्राको लागि उत्साहित बताए।

प्रकाशित: ४ आश्विन २०८२ १२:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App