९ पुस २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

टम क्रुजसँग ‘वान नाइट स्ट्यान्ड’ गर्ने अमिषाको इच्छा, बिहेबारे पनि खुलिन्

बलिउड अभिनेत्री अमिषा पटेलले हलिउड अभिनेता टम क्रुजप्रति ठूलो आकर्षण भएको खुलाएकी छन्। यदि मौका मिल्यो भने उनी आफ्ना सिद्धान्त र मूल्यमान्यता त्यागेर उनीसँग एक रात बिताउन नहिचकिचाउने कुरा पनि खुलाइन्। 

एक पड्कास्टमा अमिषाले भनिन्, ‘मलाई टम क्रुजप्रति क्रस छ। यदि तपाईं उनीसँग पड्कास्ट गर्नुहुन्छ भने, मलाई पनि आमन्त्रित गर्नुहोस्। म सधैं टम क्रुजको फ्यान छु। मेरो पेन्सिल बक्स, मेरा फाइलहरू र मेरो कोठामा रहेको एक मात्र पोस्टरमा सधैं उनको नै तस्बिर रहेको छ। उनी सधैं मेरो क्रस छन्। म सधैं मजाकमा भन्छु कि म उनको लागि मेरा सिद्धान्तहरू त्याग्नेछ। यदि तपाईंले मलाई सोध्नुभयो कि म उनीसँग ‘वान नाइट स्ट्यान्ड’ गर्न सक्छु ? हो, म गर्नेछु।’  

अमिषाले टम क्रुजप्रति आफ्नो भावना व्यक्त गरेको यो पहिलो पटक होइन। सन् २०२३ मा उनले सँगै काम गर्न चाहेको बताएकी थिइन्। रेड कार्पेट कार्यक्रममा जब उनलाई कुनै अभिनेतालाई प्रतिस्थापन गर्नेबारे सोधियो, उनले भनिन्, ‘म टम क्रुजसँग फिल्ममा काम गरेको व्यक्तिलाई प्रतिस्थापन गर्न चाहन्छु।’  

५० वर्षीया अमिषाले विवाहबारे पनि कुरा गरिन्। उनले भनिन्, ‘म विवाहका लागि खुला छु, यदि मैले उपयुक्त व्यक्ति भेट्टाएँ। तिनीहरू भन्छन्–जहाँ इच्छा हुन्छ, त्यहाँ बाटो हुन्छ। जुन व्यक्तिले मलाई हरेक कठिनाइबाट पार लगाउन सक्छ र मेरो हृदयलाई छुन्छ, त्यही व्यक्ति मेरो जीवनसाथी हुनेछ। मलाई अझै पनि धेरै धनी परिवारहरूबाट प्रस्तावहरू आउँछन्।’ अमिषाले सन् २००० मा फिल्म ‘कहो ना प्यार है’ बाट डेब्यू गरेकी थिइन्। एजेन्सी

प्रकाशित: ११ आश्विन २०८२ १४:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App