८ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
कला/साहित्य

कन्सर्टको क्रममा फ्यान स्टेजमा चढेपछि

पाकिस्तानी गायक आतिफ आलमको लाइभ कन्सर्टका क्रममा भएको एउटा घटना अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ।  

कराँचीस्थित डीएचए स्पोर्ट्स क्लबमा उनी प्रस्तुति दिइरहेका बेला एक महिला फ्यान सेल्फी लिन स्टेजमै चढेकी थिइन्। सुरुमा आतिफले उनीसँग फोटो खिचाए, तर ती फ्यान स्टेजबाट तल झरिनन्।

केही समयपछि ती महिला फेरि अर्को सेल्फी लिन आतिफतर्फ गइन्। त्यसपछि आतिफले थप फोटो खिचाउन अस्वीकार गरे। अवस्था असहज बनेपछि सेक्युरिटी टोलीले हस्तक्षेप गरे।  

गार्डहरूले ती महिलालाई स्टेजबाट बाहिर लैजान खोज्दा पनि उनले लगातार सेल्फी लिन प्रयास गरिरहेकी थिइन् र सेक्युरिटीसँग बहससमेत गरेको भिडियोमा देखिन्छ। यस घटनाका कारण कन्सर्ट केही समयका लागि रोक्नुपरेको थियो।

आतिफ असलमले बलिउडका धेरै चर्चित गीत गाएका छन्। उनले सन् २००५ मा जहर फिल्मको ‘वो लम्हे’ गीतबाट बलिउडमा प्रवेश गरेका थिए। त्यसपछि  कलयुग, रेस, बस एक पल जस्ता फिल्महरूमा पनि गीत गाएका छन्।

प्रकाशित: २७ वैशाख २०८३ ११:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App