२४ जेष्ठ २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

‘आमा’ को स्वरूपमा देखिए अभिनेता मुकुन

अभिनेता मुकुन भुसालको मुख्य भूमिका रहेको चलचित्र ‘लज्जावती’ को प्रदर्शन मिति घोषणा गरिएको छ।

राजबहादुर सानेको निर्देशनमा तयार भएको यो सिनेमा आगामी साउन २९ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने भएको हो।

निर्माण पक्षले गत साता धर्मस्थलीमा छायाङ्कन सम्पन्न गर्दै ४५ दिनमा सिनेमाको ‘इन्डक्ल्याप’ गरेको थियो। साउन २९ गतेका लागि हालसम्म अन्य कुनै पनि नेपाली चलचित्रले आधिकारिक रूपमा प्रदर्शन मिति घोषणा नगरेकाले ‘लज्जावती’ ले सो मितिमा एकल प्रदर्शनको अवसर पाउने देखिएको छ।

यस चलचित्रमा अभिनेता मुकुन भुसाल आफ्नो करियरकै फरक भूमिकामा प्रस्तुत भएका छन्। सार्वजनिक जानकारी अनुसार उनी चलचित्रमा ‘आमा’ को स्वरूपमा देखिनेछन्।

आहा फिल्मसको ब्यानरमा सौरभ वली प्रस्तुतकर्ता रहेको यस सिनेमाका निर्माता कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया हुन्।

दिव्यराज सुवेदीको छायाङ्कन र तारा थापा ‘किम्भे’ को सम्पादन रहेको चलचित्रमा मुकुनका साथै श्री कृष्ण निरौला, मेनुका माझी, जानुका विश्वकर्मा, केशव रिजाल र धिरेन शाक्यको अभिनय रहेको छ।

त्यसैगरी चलचित्रमा प्रिया रिजाल, हिउवाला गौतम, रामहरी खड्का, विनोद श्रेष्ठ, दीपक थापा र काजल भुजेल लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ।

दिनेश राज बुढाथोकी कार्यकारी निर्माता रहेको ‘लज्जावती’ मा देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ।

चलचित्रलाई देशभर कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्ने जिम्मेवारी लिएको छ।

प्रकाशित: १९ जेष्ठ २०८३ १६:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App