coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

हामी कहिले विस्फोट हुन्छौ?

कविता

सुरेश गाउँले

आजकाल मलाई

रोगसँगभन्दा नि

भोकसँग डर लाग्न थालेको छ

नपत्याए

सोधिहेर एकपटक

ती खाली पेटहरूलाई

अनि सोध प्यास मेटाउन

छटपटाइरहेका मान्छेहरूलाई

बारुदले भरिएका बम

र भोकले ग्रस्त भएका मान्छे

उस्ताउस्तै लाग्छन्

किनकि

कतिखेर कहाँ विस्फोट हुन्छन्

यी दुवै बमहरू

यहाँ खै कसलाई थाह?

हिजोआज

मेरा कानहरूले सुन्दैनन्

पहिलेपहिले जस्ता मिठा धुनहरू

न त सुन्छन्

तिमीले बोलेका लोभलाग्दा बोलीहरू

सुन्छन् त खालि

बमहरू सुस्तरी बोलेको

हामी अब कहिले विस्पोट हुन्छौ?

प्रकाशित: १५ आश्विन २०७९ ०४:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App