६ वैशाख २०८१ बिहीबार
कला

‘स्वीकारोक्ति आजीवन सिद्धि’ पुरस्कार लीलबहादुर क्षत्रीलाई

 विश्व भुटानी साहित्य संगठनले स्थापना गरेको ६ लाख नेपाली रूपैयाँ नगद राशीको ‘स्वीकारोक्ति आजीवन सिद्धि’ पुरस्कार प्रथमपटक साहित्यकार लीलबहादुर क्षत्रीलाई प्रदान गरिएको छ। 

जुलाई २९ देखि ३१ सम्म अमेरिकाको ह्यारिसबर्ग, पेन्सिलभेनियामा आयोजित बृहत् अन्तर्राष्ट्रिय सिर्जनात्मक अनुष्ठान कार्यक्रममा उक्त पुरस्कार प्रदान गरियो।  

कार्यक्रममा सिक्किमको पूर्व मुख्यमन्त्री तथा कवि पवन चाम्लिङ, साहित्यकार डा. गोविन्दराज भट्टराई, विश्व भुटानी साहित्य संगठनका अध्यक्ष कर्ण गुरुङ, महासचिव पातलो अन्तरेलगायतको उपस्थितिमा उक्त पुरस्कार साहित्यकार क्षत्रीलाई प्रदान गरियो। पुरस्कृत साहित्यकार लीलबहादुर क्षत्रीका ‘बसाइँ’,‘ब्रह्मपुत्रको छेउछाउ’, ‘अतृप्त’ लगायतका कृतिहरू प्रकाशित छन्।

प्रकाशित: २८ श्रावण २०७९ ०२:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App