२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

अमरेशको उद्घोष- बालेन ‘महानायक’ हुन्, प्रधानमन्त्री दिने बेला आयो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा नवप्रवेशी नेता डा. अमरेश कुमार सिंहले रास्वपाका वरिष्ठ नेता मेयर बालेन शाह देशको महानायक भएकाे बताएका छन्।

सोमबार जनकपुरमा आयोजित ‘परिवर्तन उद्घोष सभा’ लाई सम्बोधन गर्दै उनले अब मधेसले देशलाई प्रधानमन्त्री दिनुपर्ने बताएका हुन्।

सत्ता केन्द्रित फोहोरी राजनीति अब बन्द हुनुपर्नेमा जोड दिँदै सिंहले मधेसको धर्तीबाट उदाएका बालेनलाई देशको नेतृत्व सुम्पन आग्रह गरे।

‘जेनजी आन्दोलनलाई सफल बनाउन र देशमा सुशासन कायम गर्न बालेनलाई प्रधानमन्त्री बनाउनुको विकल्प छैन,’ सिंहले भने।

पुराना राजनीतिक दलहरूप्रति आक्रामक रूपमा प्रस्तुत भएका सिंहले ती शासकहरूले जनताको रगत र पसिनासँग होली खेलेको आरोप लगाए।

अदालतलाई समेत प्रभावमा पारेर लुटतन्त्र मच्चाउने देशका खलनायकहरूलाई समाप्त पार्न यसपटक घन्टी चुनाव चिह्नमा भोट हाल्नुपर्ने उनको भनाइ थियो।

बालेन शाहले भ्रष्टाचार हुन नदिने र भ्रष्टाचार गर्नेलाई नछोड्ने दाबी गर्दै उनले नेपाली राजनीतिका शिखर पुरुष बिपी कोइरालाको समेत स्मरण गरे।

उनले भने, ‘अहिलेको बिपी कोइराला रवि र बालेन हुन्।’ मधेस र देशको स्वाभिमानका लागि बालेन र रविको नेतृत्वलाई स्थापित गर्नुपर्नेमा उनले जोड दिए।

प्रकाशित: ५ माघ २०८२ १५:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App