२४ पुस २०८१ बुधबार
image/svg+xml
कला

संस्कृतिविद सत्यमोहन जोशीद्वारा महाकाव्य दङ्गि उर्वशी विमोचन

अन्तर्राष्ट्रिय साहित्य समाज नेपाल च्याप्टरको आयोजनमा कवि डाक्टर गोविन्द आचार्यद्वारा लिखित ‘दङ्गि उर्वशी’ महाकाव्य २०७८ चैत्र ८ गते वरिष्ठ संस्कृतिविद सत्यमोहन जोशीले विमोचन गरेका थिए। 

महाकाव्य लोकार्पण गर्दै इतिहास साहित्य र संस्कृति हाम्रा धरोहर र वैभव हुन् तिनको संरक्षण आजको सचेत नागरिकको दायित्व हो,विमोचित महाकाव्यमा पनि मिथक संस्कृतिको प्रयोग भएकोमा खुशी लागेको कुरा शताव्दी पुरुष सत्यमोहन जोशीले विमोचनका क्रमममा बताए।

अन्तर्राष्ट्रिय साहित्य समाज नेपालको व्यानरमा जोशी निवासमा भएको पुस्तक विमोचन समारोहको अध्यक्ष सो समुहकी नेपाल च्याप्टरकी अध्यक्ष साहित्यकार सन्ध्या पहाडीको सभापतित्वमा सम्पन्न भएको थियो वरिष्ठ साहित्यकार प्रा.डा. खगेन्द्रप्रसाद लुइंटेल प्रा. कोषराज न्यौपाने, रमेश खकुरेल र अनेसासका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतले महाकाव्यकारलाई बधाई र शुभकामना दिंदै समालोचकीय मन्तव्य व्यक्त गरेका थिए।

अनेसासकी उपाध्यक्ष गीता कार्कीले संचालन गरेकाे उक्त कार्यक्रममाअनेसासकी अर्की उपाधयक्ष गीता मैनालीले स्वागत मन्तव्य राखेकी थिइन्। ख्यातिप्राप्त गायिका लोचन भट्टराई, साझा प्रकाशनका महाप्रबन्धक प्रल्हाद पोख्रेल, भुवनहरि सिग्देल र छन्द वाचनमा लोकप्रिय कवि इन्दिरा दाहाल लगायतले विमोचित कृतिमा प्रायोगिक विभिन्न छन्दका कविता वाचन गरेर समारोहलाई काव्यिक सौन्दर्यको रसपान गराएका थिए।

महाकाव्यकार डाक्टर आचार्यले आफ्नो मन्तव्यमा आफ्नो काव्य यात्रा र महाकाव्य यात्रासम्मको अनुभव पस्कदै साहित्यकारका सहजता र जटिलताबारे आफ्नो स्वानुभूति राख्नु भएको थियो  थुप्रै साहित्यकार, प्राज्ञिक व्यक्तित्व,संविधान विद् भीमार्जुन आचार्य, प्राध्यापक विश्व विद्यालयका एमफिल पिएच.डी. लेवलका शोधार्थी साहित्यप्रेमी सहित सर्वसाधारणको समुपस्थितिमा विमोचन कार्यक्रम भव्य र सुसंगत बनेको थियो।

प्रकाशित: ८ चैत्र २०७८ ०५:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App