१२ असार २०८१ बुधबार
image/svg+xml
कला

छिमेकी नजरमा,सुस्ता,लिपु र लिम्पिया छ

गजल

चिरञ्जीवी ढकाल

छिमेकी नजरमा सुस्ता,लिपु र लिम्पिया छ,

यता मेरो नेताको दिमागमा,उस्तै खिया छ।

सुम्पिदैछ सार्वभौमसत्ता,एमसिसि भित्र्याई,

अचम्म लाग्छ यस्तो बुद्धि,खै कसले दिया छ?

धेरै प्रगति गयो, छिमेकीको गणतन्त्रले,

लाग्छ हाम्रो गणतन्त्रले,उल्टो गति लिया छ।

प्रजातन्त्र र राष्ट्रियता नै, मूलमन्त्र भन्छ,

उसकै  कारण आमाको देह, छियाछिया छ।

आमालाई खुलेआम,बलात्कार गराएर,

तमासे बनी मुस्कुराउने,खै कस्तो हिया छ?

प्रकाशित: ५ फाल्गुन २०७८ ०६:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App