२० पुस २०८२ आइतबार
image/svg+xml
कला

खबरहरू

कविता

किशन पौडेल

 

हरेक प्रहर

पलपलमा

आँधी तुफान बोकेर

सुनामी लिएर आउँछ

खबरहरू !

आँसुको भेलहरूमा हेलिँदै

कोलाहलमय भएर

चीत्कार र पीडाहरूको

पोको बोकेर

वेदनाको हुरी बनेर

आँखाको डिलमा ठोकिन आउँछ

हरेक प्रहर खबरहरू !

म निःशब्द

भावविह्वल भएर

भयभीत हेरिरहेको छु !

हरेक प्रहरका

विक्षिप्त खबरहरू

र नापिरहेछु औंलामा

अक्सिमिटरका पल्सहरू !

र छामिरहेको छु

आफ्नै छाती भित्री

मुटुका धड्कनहरू !

प्रकाशित: ३० वैशाख २०७८ ०७:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App