coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

मुस्काइदिन्छु तस्बिर खिच्दा

गजल

व्रत बसेर भनिन् उनले यो सब श्रीमानका लागि हो

ए चेली! के तिमीले किनेको धुप भगवानका लागि हो?

 

म क्या मुस्काइदिन्छु तस्बिर खिच्दा किन थाहा छ?

म सुखी देखिनका लागि हैन आमाको मुस्कानका लागि हो।

 

कयौँ बिगाहा खेत किन किनिरहेछौ महान मान्छे,

त्यत्रो के गर्नु दुई चप्परी मात्र त चिहानका लागि हो।

 

खोलो घट्यो भनेर अहिल्यै खुसी नबन ए किनार तँ,

बरु अलि पर सर्दे बाढी घटेको त कटानका लागि हो।

प्रकाशित: ७ वैशाख २०७८ ०७:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App