'सम्बन्धको दोबाटो'ले कोरेको समाजको चित्र - एक पाठकीय दृष्टिकोण
कथाकार रवीन्द्र केसीको भर्खरै लोकार्पण गरिएको २१ शीर्षकका कथा सङ्गृहीत ‘सम्बन्धको दोबाटो’ समुन्द्ररूपी समाजमा भेटिने फरक प्रकृतिका मानिसहरूका फरक बानी, व्यवहार, सोच बाध्यता, कुटिलता मित्रता तथा बाँच्नका लागि गर्नुपर्ने अनेकौं संघर्ष पीडाका बीच मौलाएका फरकफरक सम्बन्धहरूको सूक्ष्म अध्ययनपछि गरिएको विश्लेषण हो।

