मिना श्रेष्ठ सवि
छोरा सुसान्तले बिहे गरेर बुहारी लिएर आयो सासूले ।
भान्सा घरको चाबी दिँदै बुहारीलाई सम्झाउँछिन् – ल बुहारी , सबै घरव्यवहार तिम्रो हातमा सुम्पिदिएँ । अब सबै तिमीले नै धान्नुपर्छ ।
सासूको कुरा सुनी बुहारीले हुन्छ मुवा भनिन् । नयाँ भइञ्जेल बुहारीले घर निकै समालेझै गर्छिन् । नयाँ बुहारी हेर्न आउनेको पनि घुइँचो नै हुन्छ।
कतिले राम्रो कुलघरानको भन्दै हिड्छन् त कतिले कस्ती रहिछ चन्डाल्नीजस्ती भन्दै हिड्छन् अनि दुलानन फर्कौन माइत पठाइन्छ।
छोरा बुहारी माइत पुग्नेबित्तिकै आमाले कत्ती दुब्लाइछे मेरी छोरी, कत्ती घरमा दलिएर काम गराएछन् ।
जुवाइँलाई सोधपुछ गर्न थाल्छन् ।
सासू पनि कत्ति निर्दयी, मेरी छोरीलाई काममा दलाएर खानै दिएनछन् । अबदेखि नगर्नु काम । सासूको के काम, हातखुट्टा सद्दे छन् , गर्न सक्छन् ।
यो कुरा सुसान्तले सुनिरहेको हुन्छ र मनमनै सोच्छ – आमाले बुहारीलाई घरको जिमम्मेवारी दिएको थियो।
कामको बोझथिएन तर उनलाई बोझ भएछ कुरा । सुसान्तको मनमा कुरा खेख्न थाल्छ र छ दिनपछि आफ्नो घर फर्कन्छन् ।
छोराबुहारी आएको देखेर मक्ख पर्दै सासू छिमेकीहरूलाई भन्छिन्– बस न, बुहारीको कोसेली खाएर जाऊ । मेरी बुहारी सारै लक्षिनकी छन् ।
यो कुरा सुसान्तले पनि सुन्छ्न् अनि गाउँछिमेकी पनि कोसेली खाएर जान पर्खेर बस्छन् तर उर्मिला भने
माइतबाट फर्कदा अलि फरक भएकी हुन्छिन् आफ्नी आमाले सिकाएका कुरा मनमा बोकेर आउँछिन्
बाउ मरेपछि यही सहारा छोरा नै हो भन्ठान्छिन् । सुसान्तकी आमाले बुहारी ल्याएपछि छोरीको दर्जा दिदै सबै जिम्मेवारी सुम्पिएकी हुन्छिन तर बिहे गरेलगत्तै बुहारी माइत गएर आएपछि बदलिन्छन् र छोरा पनि बुहारीकै कुरातिर लाग्न थाल्छ ।
दिनहरू बित्तै गए । बूढी आमा हेला हुँदै गइन् । बुहारीलाई सासू छुन पनि घिन लाग्न थाल्यो
छोरा पनि बुहारीकै कुरामा हिड्न थाले । बूढी आमाको हातखुट्टा लाग्न छाड्यो । दिनहुँ बुढेसकालले छोएको थियो ।
त्यहीबेला छोरा सुसात्न र बुहारी उर्मिलाले गाउँ छाडेर शहर बस्न गए । उतै बस्ने निधो गरेर गएका थिए।
उता आमा थला परेको पनि मैहिनौ भको थियो ।
बुहारी उर्मिलाले यति सोचिनन् – आमा आमा नै हुन् । आमाले दिएको माया पवित्र हुन्छ । सासू आमा पनि त आमा नै हुन् । हेराइ मात्रै फरक मात्र हो । माया फरक कहिले पनि हुँदैन ।
हिजोसम्म मेरो सहारा छोराबुहारी भन्दै दुख काटिरहेकी आमाको अन्तिम अवस्थामा कोही भएनन । बुहारीले पनि आफ्नो कर्त्यव्य भुलेर चटक्कै छाडिदिएपछि छोराले पनि आफ्नो आमाभन्दामाथि ससुराली र श्रीमती ठान्यो । वृद्धावस्थामा एक्लो परेर ओछ्यान परेकी आमा अहिले जीवन र मृत्युको दोसाँधमा तड्पिदै छिन्।
सासू र बुहारीको फरक हेराइ भएर नै त हो – खोई कहिले आउला समाजमा परिवर्तन ?
प्रकाशित: १५ पुस २०७७ ०५:०४ बुधबार





