१८ पुस २०८२ शुक्रबार
image/svg+xml
कला

साथीको स्वास्नी

लघुकथा

मधुसूदनप्रसाद घिमिरे

 

 च्यान्टु मान्छे राम्रो ।बोली बचनले सबैलाई प्रभाव पार्न सक्ने ऊ । च्यान्टुको मिल्ने साथी हो भुन्टे ।मान्छेको नाम भुन्टे भए पनि ऊ अग्लो सलक्क परेको लायकको केटो हो । च्यान्टु र भुन्टे  एकै क्षण पनि नछुटृिने खालका छन् ।

आफ्नो काममा जाने  र फुर्सदमा उनीहरू भेटिहाल्छन् । च्यान्टुको श्रीमती राम्री छे ।बोली मिजास अति रसिलो ।जिउडाल कसिलो, हाइट पनि ठिक्क पाँच फिट। साथीकोमा आउने सिलसिलामा एक दिन च्यान्टु घरमा नभएको मौका मा भुन्टे  अचानक आइपुगेछ ।च्यान्टुको श्रीमतीले भुन्टेलाई आदर –सत्कार गरी। गर्मी महिना।चीसो पिलाइ ।

च्यान्टु र भुन्टेकी श्रीमती बिच कुराकानी भए । आफ्ना पतिसँग सधैं आइरहने पतिको साथीसँग गफ हुदै गयो । पहिलादेखिको चिनाजानीले आज गाढा सम्बन्धमा परिणत हुन पुग्यो । भुन्टेकी श्रीमती  र च्यान्टुले क्रमशः मनोरन्जन गरे । एकदुर्इ घण्टापछि च्यान्टु अब म पनि बिदा हुन्छु भन्दै हात जोड्दै हिड्यो । केही क्षणमा नै भुन्टे आइपुग्यो । उसकी श्रीमतीले उसलाइ भनी – हजुरको साथी च्यान्टु सर आउनु भाको  थियो । उसले हत्त न पत्त सोध्यो – तिमीले के भन्यौ त ?

उसले जवाफ दिई– मैले हजुर बाहिर जानुभएको छ । एकै क्षण बसौ भने। केही क्षण पर्खाएँ। चीसो पिलाएँ। हजुर नआइपुगेपछि उहाँ अब म जान्छु । म आएको थियो भनी दिनुस् है भनेर जानुभो ।

श्रीमतीको कुरा सुनेर भुन्टे मनमा गम्न लाग्यो –   त्यसकी श्रीमती कत्ति राम्री । कति धेरै माया गर्ने ! आज त मैले धित पुरयाएँ । मोराले थाहा त पाउँदैन ।  हुन त के थाहा पाउनु नि,  मोेरीले सारै रमाइलो पो गराई त । भुन्टेले यस्तो सोचिरहँदा उसकी श्रीमती पनि सोचिरहेकी थिई –कसो बूढाले थाहा पाएनन् । एकैक्षण अगाडि च्यान्टु गए र पो ।

प्रकाशित: १ पुस २०७७ ०५:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App