३० पुस २०८२ बुधबार
image/svg+xml
कला

सल्लाह

कविता

विनोद नेपाल

 

कोही पराजयको पीडामा  

उता रन्थनिएका छन्,

शक्तिको उन्मादमा

यता

कसैले होसहवास गुमाएका छन्,

कस्तो विडम्वना

‘लोकतन्त्र’ जप्दै  

लोकतन्त्रविरुद्ध धावा बोल्दै,

बादशाह बन्ने दुस्साहस गरिरहेछन् ।

 

ए शक्तिले मत्त भएकाहरू हो,

ए, शक्तिको मातमा दृष्टि गुमाएकाहरू हो,

सम्झ ती इतिहास

भत्केका ठूल्ठूला दरबारहरू

ढलेका भयंकर पर्खालहरू

नाघिएका कठोर सीमारेखाहरू

नबिर्स,

अतिको अन्त्य अत्यन्त पीडादायी हुन्छ,

 

यसैले  

कृपया,  

नरमाऊ आत्मरतिमा,

नहान आत्मघाती गोलहरू

बिन्ती, नहान आत्मघाती गोलहरू ।

प्रकाशित: ४ मंसिर २०७७ ०८:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App