१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

मोती जयन्तीमा अन्तर्राष्ट्रिय मुक्तक मेला

आदि मुक्तककार मोतिराम भट्टको १५४ औँ जयन्तीका अवसरमा नेपाल मुक्तक प्रतिष्ठान यूके शाखाले अनलाइनमार्फत गत शनिबार अन्तर्राष्ट्रिय मुक्तक मेला आयोजना ग-यो। मेलामा विभिन्न देशका ४३ स्रष्टाले मुक्तक सुनाएका थिए।  

शाखाका सल्लाहकार डा. रुपक श्रेष्ठको संयोजनमा भएको कार्यक्रमममा बेलायतका लागि नेपालका राजदूत डा. दुबसु क्षेत्री प्रमुख अतिथि थिए। कार्यक्रममा मुक्तक प्रतिष्ठान नेपालका अध्यक्ष रामकाजी कोनेले मुक्तक विधाको विकास र विस्तारका लागि संसारभर शाखा विस्तारसँगै मुक्तक मेला गर्दै जाने बताए।  

प्रतिष्ठानले वर्सेनी मुखपत्र प्रकाशन गरेर स्रष्टाको उत्साह बढाउने योजना बनाएको छ।  

मेलामा आनन्द श्रेष्ठ, पवन लामिछाने, तीर्थ अधिकारी, सुनिल अधिकारी, गुप्त बहादुर श्रेष्ठ अल्पविराम पोखरेली, प्रान्जल, दुर्गा किरण तिवारी, बाबुराम पोख्रेल, राधा भट्टराई, सुरेन्द्र अस्तफल, असफल गौतम, सूर्य खड्का बिखर्ची, रामकाजी कोने, उषा शेरचन, सरुभक्त, रमेश पौडेल, हिक्मत थापा, साबी श्रेष्ठ, शारदा निशा, सौरभ, कारंजीत, बिमल गिरी, सुचित्रा खनिया, श्रीराम अधिकारी, रविन्द्र दिखुक्पा, रामचन्द्र शर्मा, टेकनारायण रिमाल ‘कौशिकु’, नृपेश उप्रेती, प्रतिमा केसी, राज श्रेष्ठ, सेमन्त राई, कुमार केसी, भरत लोहरुङ राई, नानू राना, रबिन्द्र जोशी, सुमल कुमार गुरुङ, विनोद अधिकारी, रुपक श्रेष्ठ र दुर्गाप्रसाद पोखरेलले मुक्तक वाचन गरेका थिए।  

प्रकाशित: २२ भाद्र २०७७ ०६:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App