६ वैशाख २०८१ बिहीबार
कला

‘नेपालका जातीय संस्कार’

काठमाडौं – नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘नेपालका जातीय संस्कार’ नामक ग्रन्थको पाँचौँ शृंखला प्रकाशन गरेको छ। नेपालमा बसोबास गर्ने विभिन्न जातजातिका जातीय संस्कारका नालीबेलीहरूका बारेमा विज्ञहरूबाट खोजीमेली गराई प्रकाशित गरिँदै आएको ‘नेपालका जातीय संस्कार’ को पाँचौँ शृंखला बजारमा आएको हो। प्रा. डाक्टर प्रेम खत्रीद्वारा सम्पादित ‘नेपालका जातीय संस्कार’को पाँचौँ शृंखलामा काइके मगर, कानु, कुर्मी, कुसुन्डा, गोपाली, डोम, पुमा राई, बान्तावा राई, ब्यासी, माझी, मुगाल, याक्खा, राउटे, राजी, रौनियर, साम्पाङ राई, सुदूरपश्चिमका ब्राह्मण र सोनार जातिका सामाजिक संस्कारबारे विज्ञ लेखकहरूद्वारा लेखिएका खोजमूलक लेखकहरू समेटिएका छन्। यस ग्रन्थबाट राष्ट्रका लोपोन्मुख अवस्थामा रहेका विभिन्न जातिका अमूर्त सम्पदाहरूको अभिलेखीकरण भएको नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य शशीलु मुम्बूको ठम्याइ रहेको छ।

प्रकाशित: ६ चैत्र २०७६ ०३:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App