३ असार २०८३ बुधबार
image/svg+xml
राजनीति

सात बुँदे प्रस्तावको हल्ला भ्रामक : शेखर कोइराला

फाइल तस्बिर

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संस्थापन पक्षले सहमतिका लागि सात बुँदे प्रस्ताव पठाएको भन्ने खबर सत्य नभएको बताएका छन्।

आफ्नो सचिवालयमार्फत उनले बाहिर चलेको हल्ला सत्य नभएको स्पष्ट पारेका हुन्। सचिवालयका अनुसार उक्त प्रस्तावका बारेमा नेता कोइराला र उनको सचिवालयलाई अहिलेसम्म कतैबाट कुनै जानकारी आएको छैन।

सचिवालयले एक विज्ञप्ति जारी गर्दै बाहिर आएका यस्ता समाचारहरू मनगढन्ते, कपोलकल्पित र भ्रामक भएको उल्लेख गर्दै यसको भ्रममा नपर्न सबैलाई आग्रह गरेको छ।

कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति बनेपछि २०८२ चैत २२ गते प्रदीप पौडेल र २०८३ वैशाख २२ गते गगन थापाले नेता कोइरालालाई विशालनगरस्थित सचिवालयमा आएर भेटेका थिए। त्यसयता कोही कसैसँग कुनै पनि संवाद र सम्पर्क नभएको सचिवालयले प्रस्ट पारेको छ।

प्रकाशित: २७ जेष्ठ २०८३ ०८:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App