१८ पुस २०८२ शुक्रबार
image/svg+xml
कला

यलम्बर साँझमा राजेश पायल

धरान- मंगलबार दिउँसोदेखि नै धरानको भानुचोकमा सांगीतिक माहोल थियो। किरात राई यायोक्खा सुनसरीले यले सम्बत ५०८० को अवसरमा यलम्बर साँझ कार्यक्रम आयोजना गरेको थियो। दिउँसो औपचारिक कार्यक्रम हुँदादेखि नै संगीतमय भइरहेको भानुचोक रात छिप्पिदै गएपछि त झन् तातियो।

चिसोमा पनि राती अबेरसम्म मानिसहरु थामिनुमा चर्चित गायक राजेश पायल राईको प्रस्तुती थियो। राती करिब ९ बजेतिर गायक राई स्टेजमा आए। स्टेजमा आएपछि लगातार आफ्नो चर्चित गीतहरु गाउन थालेका उनले एक घण्टा बढी समयसम्म धरानेहरुलाई मनोरञ्जन दिलाए।

मैले मायाले दिएको चिनो..बोलको गीतबाट उनले आफ्नो प्रस्तुती सुरु गरेका थिए। त्यसपछि क्रमशः उनले हुरुक्कै भए म..,सोइ सोइला..,फेरि फेरि नाइ नभन्नु ल..,म त मर्छु कि क्या हो ठुली.., हाट भर्न दिक्तेल गाको..,दर्शन नमस्ते..,किन यति धेरै माया..,ढल ढल ढल्किने..लगायत चर्चित दर्जनको हाराहारीमा गीत गाएका थिए।

उनले सोही क्रममा आयोजक संस्थालाई एक लाख रुपैयाँ आफ्नो तर्फबाट सहयोग गर्ने घोषणा पनि गरेका थिए। साथै, आफू अबको केही दिनमा जर्मन जाने जानकारी दिँदै उनले आफूसँगै नेपाली गीतसंगीत र नेपालीहरुको माया पनि विदेशमा पुगिरहेको धारणा राखे। उनी अघि अर्का चर्चित पुर्वेली लोकभाका गायक जितेन राईले पनि गीत गाएका थिए ।

 

प्रकाशित: १ माघ २०७६ १२:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App