१६ पुस २०८२ बुधबार
image/svg+xml
कला

सय करोड क्ल्बमा ‘दबंग ३’

मुम्बई – बलिउड अभिनेतम सलमान खानको ‘दबंग ३’ फिल्म सय करोड क्ल्बमा प्रवेश गरेको छ। फिल्मले पछिल्लो समय १५ करोड ५० लाख कमाइ गर्दै सय करोड क्लबमा प्रवेश गरेको थियो। भारतको बक्स–अफिसमा अभिनेता खानको सय करोड कमाउने सूचीमा यो १५ औं फिल्म बनेको छ। यसअघि उनको ‘दबंग’, ‘किक’, ‘रेडी’, ‘दबंग २’, ‘एक था टाइगर’, ‘बडिगार्ड’ र ‘भारत’ जस्ता फिल्मले सय करोडभन्दा बढी कमाइ गरेका थिए।

नागरिकता संशोधन कानुनको विरोधमा भारतभर आन्दोलन चर्किएका कारण यस फिल्मको व्यापारलाई असर परेको थियो। गत शुक्रबार रिलिज भएको ‘दबंग ३’ लाई प्रभु देवाले निर्देशन गरेका छन्। फिल्ममा अभिनेता सलमान खानसहित सोनाक्षी सिन्हा, अरवाज खान र सुदीप किचा लगायतका कलाकारले अभिनय गरेका छन्।

प्रकाशित: ११ पुस २०७६ ०१:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App