coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

जन्मदिनमा मनोजको समाजसेवा

पोखरा– फिल्म ‘१०० कडा १०’मा व्यस्त हाँस्य कलाकार मनोज गजुरेलले आफ्नो जन्मदिन सामाजिक काम गरेर मनाएका छन् । फिल्मको सुटिङका लागि पोखरामा रहेका उनले बि एन्ड ब्रोज मेजेन्मेन्ट कन्सल्टेन्सीको व्ययवस्थापनमा  विद्यार्थीहरुलाई निःशुल्क छात्रावृत्ति र युवाका लागि निःशुल्क प्राविधिक शिक्षाको घोषणा गरे।

उनी फिल्म युनिटसँगै पोखरा वृद्धाश्रम पुगेर त्यहाँ आश्रित ८० जना असहाय, अशक्त र बेवारिसे जेष्ठ नागरिकलाई फलफूल तथा अन्य सहयोग सामाग्री हस्तान्तरण गरे । उनले सहयोगसँगै जेष्ठ नागरिकप्रतिको दायित्व, कर्तव्य र उत्प्रेरणासहितका हास्य प्रस्तुति दिए।

दिउँसो वृद्धाश्रममा हँसाएका मनोज साँझ पोखरास्थित जैन केन्द्रमा पुगे । जहाँ उनलाई नेपाली जैन मुनि डा. मणिभद्रले जन्मदिनको शुभ–कामना तथा आशीर्वाद दिए । उनले मनोज अभिनित फिल्मले मनोरञ्जनसँग धार्मिकता, सदाचारिता र इमानदारिताको सन्देश दिओस् भन्ने कामना गरे।

दर्शन नेपाल क्रियशनको व्यानरमा निर्माण भइरहेको फिल्ममा रामशरण पाठकको लेखन र निर्देशन छ । पाठकले यसअघि ‘भरोसा’ ‘वल्र्ड कप इन नेपाल’, ‘ठेगाना’, ‘प्रेमगीत २’ फिल्म निर्देशन गरिसकेका छन् ।फिल्म ‘१०० कडा १०’ मा रज्जु प्रधान र उत्तम खत्रीको लगानी छ । प्रेम भर्सेस भ्रष्टाचार थिममा निर्माण भइरहेको फिल्ममा राजाराम पौडेल, रवी डंगोल, रश्मी भट्ट, अमीत पोखरेल, उत्सव नेउपाने, अमृत ढुंगाना, करुणा श्रेष्ठ, बर्मेली नायिका सोनिया राईको अभिनय छ । फिल्ममा मनोज भ्रष्टाचार विरोधी अभियन्ताको चरित्रमा देखिँदैछन्।
 

प्रकाशित: १ जेष्ठ २०७५ ०२:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App