१० पुस २०८२ बिहीबार
image/svg+xml
समाज

रुपन्देहीमा पौडी खेल्ने क्रममा ३ जना बालक बेपत्ता

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदिमा पौडी खेल्ने क्रममा ३ जना बालक  बेपत्ता भएका छन् । सोमबार दिउँसो नदिमा बेपत्ता बालकहरूको खोजी कार्यको लागि सशस्त्र प्रहरी खटिएको छ ।

बेपत्ता भएकाहरूमा सोही ठाउँ बस्ने १३ वर्षीय उमेश यादव, १४ वर्षीय राज यादव र १२ वर्षीय मुनु हरिजन छन् । उनीहरु सो नदिमा पौडी खेल्ने क्रममा आज दिउसो करिब साढे १२ बजे बेपत्ता भएको बताइएको छ ।

घटना बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बयरघाटबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा विपद् व्यवस्था तालिम प्राप्त सुरक्षा फौज घटनास्थल पुगेर उनीहरूको खोजी कार्यमा परिचालन भएको छ ।

प्रकाशित: ८ वैशाख २०८२ १५:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App