२३ पुस २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

कथाकार प्रसाईंको ‘जिन्दगीका नौ रङ्गी कथाहरू’ लोकार्पण

साहित्यिक पत्रकार संघले साहित्यकार राजेन्द्रप्रसाद प्रसाईंको कथासंग्रह ‘जिन्दगीका नौ रङ्गी कथाहरू’ लोकार्पण गरेकाे छ।  

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ इतिहासविद् डा. सुरेन्द्र केसी, संघका अध्यक्ष राधेश्याम लेकाली, विशिष्ट अतिथिहरू राजनीतिज्ञ एवं लेखक दीर्घराज प्रसाईं, पूर्व राजदूत प्रल्हादकुमार प्रसाईं, साहित्यकारहरू प्राडा हेमनाथ पौडेल, कृष्ण प्रसाईं, गोपीकृष्ण प्रसाईं, सिर्जना शर्माले कृतिको लोकार्पण गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि केसीले आफू कृतिकार प्रसाईंको सहपाठी रहेको बताउँदै शुभकामना मन्तव्य राखेका थिए भने संघका अध्यक्ष लेकालीले कृतिकारको समग्र परिचयसहित साहित्यिक योगदानको चर्चा गरेका थिए।

कार्यक्रमका विशिष्ट अतिथि प्राडा पौडेलले कृतिको समीक्षा गर्दै प्रसाईंका कथामा डायस्पोरिक चेतनको अभिव्यक्ति रहेको बताए।

कार्यक्रममा राजनीतिज्ञ एवं लेखक दीर्घराज प्रसाईं, पूर्व राजदूत प्रल्हादकुमार प्रसाईंले शुभकामना मन्तव्य राखेका थिए।

यसैगरी कृतिकार प्रसाईंले लेखकीय मन्तव्य राख्दै धन्यवाद ज्ञापन गरेको सो कार्यक्रममा संघले कृतिकार प्रसाईंलाई सम्मान पनि गरेको थियो।

डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा भएकाे कार्यक्रममा साहित्यकारहरू डी. आर राई, तेजेन्द्र प्रसाईं, मीना ओली, सुमित्रा प्रसाईं, शिशिर उप्रेती, राजेन्द्र सिटौला, रवीन्द्र सिटौलालगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: १८ असार २०८२ ०९:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App