१५ पुस २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

गायिका एलिना र समीक्षाले भेटे गृहमन्त्री

सामाजिक सञ्जालमा दुर्व्यवहार भोगिरहेका गायिका एलिना चौहान र समीक्षा अधिकारीले गृहमन्त्री रमेश लेखकसँग भेट गरेका छन्।

आफूहरूले भोगिरहेको समस्याबारे ध्यानाकर्षणका लागि उनीहरूले गृह मन्त्रालय पुगेर गृहमन्त्री लेखकसँग भेटेका हुन्। पछिल्लो समयमा आफूमाथि सामाजिक सञ्जालबाट हिंसा गर्नेहरूको नाम सार्वजनिक गर्दै आएका गायिकाद्वय चौहान र अधिकारीले भेटघाट गरेर आफ्नो समस्या सुनाएका थिए।

‘म यहाँसम्म तपाईंहरूको माया र साथले आइपुगेकी हुँ। तपाईंहरूको समर्थन नै मेरो आत्मबल हो। तर सबैले सधैं राम्रै सोचून् भन्ने अपेक्षा गर्न सकिन्न, त्यो स्वाभाविक हो। तर जब कुराहरू व्यक्तिगत जीवनमा आच पुर्‍याउने तहमा पुग्छन्, गालीगलौज र चरित्र हत्या जस्ता कार्यहरू भइरहन्छन्, त्यो सह्य हुँदैन। जसले यस्ता कुरा गरिरहेका छन्, ती मेरो फ्यान होइनन्- ती त मेरो मन दुखाउन चाहने मात्र हुन्। त्यसैले आत्मसम्मानको रक्षा गर्न बाध्य भई मैले कानुनी प्रक्रिया अघि बढाएकी छु। यो कुनै रिस वा घृणाले होइन, आफ्नो अस्तित्वको सुरक्षा गर्ने अधिकारले उठाइएको कदम हो,' गायिक चौहानले सो भेटपछि सामाजिक सञ्जालमा लेखेकी छिन्, 'यस विषयमा आवश्यक सहयोग प्रदान गर्न माननीय गृहमन्त्री श्री रमेश लेखकज्यूलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईंहरूको साथ र सद्भावनाले मलाई अझ अघि बढ्ने हिम्मत दिएको छ।'

हिजो (मंगलबार) मात्रै नेपाल प्रहरीको साइबर ब्यूरो पुगेर चार जना ‘हिंस्रक’ विरुद्ध उजुरी गरेको जानकारी गराउँदै चौहानले आफ्नो निवेदन अनुसार अविलम्ब कारबाही गर्न पनि माग गरेकी छिन्।

उनीहरूले आफ्नो सामाजिक सञ्जालमा आएर जथाभावी लेख्ने, अश्लील गालीगलौज गर्ने विरुद्ध पनि कारबाही गर्न माग गरेका छन्।

प्रकाशित: १७ असार २०८२ १४:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App