तीस वर्ष अगाडि सन् १९९५ मा रिलिज भएको हिन्दी सिनेमा 'रङ्गिला'को कहानी धेरैले बिर्सिसके होलान्। तर त्यो सिनेमाकी नायिका उर्मिला मातोडंकरको ‘यायी रे यायी रे ...’ बोलको गीत धेरैलाई याद होला। मिनिस्कर्ट र कालो ड्याम बुटमा उनले गरेको आकर्षक नृत्य नियाल्ने धेरै युवाहरू बुढा भइसके होलान्। तर यी रंगिला सुन्दरी भने अहिले पनि उस्तै देखिन्छिन्।
५१ वर्षीय उर्मिलाको यस्तो गजबको लुक सार्वजनिक भएको छ, मानौँ उनी २५ वर्षमा झरे जस्तै देखिन्छिन्। उनले फेरि एक पटक प्रमाणित गरिन् कि उमेरले मात्र कुनै अर्थ राख्दैन। उनले मिनी स्कर्टमा देखाएको शानदार लुक देख्दा आँखा हटाउनै मुस्किल हुन्छ।
५१ वर्षको उमेरमा पनि उनले गुलाबी मिनी स्कर्ट र क्रप टपमा देखाएको ग्ल्यामरस अन्दाजले फ्यानहरूलाई चकित बनाइदिएको छ।
भनिन्छ ५० पार गरे पनि जति सुन्दर महिला भए पनि आकर्षणमा कमी हुँदै आउछ। विशेष गरी ५० वर्ष पार गरेपछि अनुहारमा धेरै परिवर्तन देखिन्छ। तर, बलिउडका धेरै नायिकाहरूले यो भनाइलाई गलत साबित गर्दै ५० कटेपछि पनि आफ्नै जलवा कायम राखिरहेका छन्।
उनीहरू न केवल फेसन र स्टाइलमा अरूलाई टक्कर दिइरहेका छन्, बरु यस्तो अन्दाजमा प्रस्तुत हुन्छन् कि हेर्दा लाग्छ मानौँ २५–२६ वर्षकी युवती हुन्।
यद्यपि यस्तो लिस्टमा धेरै अभिनेत्रीहरू छन् तर ५१ वर्षकी उर्मिला सानो स्कर्टमा देखिँदा यति आकर्षक देखिन्छिन् कि उनको अगाडि आधा उमेरकी केटीहरू पनि फिक्का पर्न सक्छन्। स्कर्ट–टपमा गुलाबी परी बनेकी उर्मिलाको यो लुकले फ्यानहरूलाई दीवाना बनाइदिएको छ।
प्रकाशित: १२ असार २०८२ ०८:१५ बिहीबार





