११ माघ २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

गायक छन्त्यालकाे ‘किन पीर मान्छौं’ सार्वजनिक

गायक युवराज छन्त्यालले ‘किन पीर मान्छौं’ गीतको भिडियो रिलिज गरेका छन्। यस गीतमा लोकप्रिय गायिका देवी घर्तीले उनलाई सघाएकी छन्।

गायन युवराजकै शब्द तथा संगीत रहेको यस गीतले आफ्नो मायालुलाई पीर नगरी बस्न आग्रह गरेको छ। मायाप्रेम भावमा झल्काउने यो गीत लोकलयमा रहेको छ। उक्त गीतको म्युजिक एरेन्ज, मास्टरिङ र मिक्सिङ कुमार थापाले गरेका हुन्।

शिवम पोखरेलले यो गीतको भिडियोलाई सुन्दर तरीकाले निर्देशन गरेका छन्। उनको निर्देशनमा बनेको यस भिडियोमा नविन सिरिस, सगुन शाही, रेनुका आले, वसन्तराज गौतम लगायतले गीतको भावअनुसारकै सुन्दर तरीकाले अभिनय गरेका छन्।

सुरज खनाल, राजु घलेले खिचेको यो गीतको भिडियोको सम्पादन सरोज शाहीले गरेका छन्।उक्त गीत गायक छन्त्यालकै युटुब च्यानलबाट सार्वजनिक गरिएकाे हाे।

प्रकाशित: ३१ जेष्ठ २०८२ १२:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App