४ माघ २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

कवि मीना श्रेष्ठको एकल कविता वाचन

महिला साहित्य समूहले कवि मीना श्रेष्ठको एकल कविता वाचन कार्यक्रमकाे आयोजना गरेकाे छ।

वरिष्ठ साहित्यकार उषा शेरचनको सभापतित्वमा आयोजित सो कार्यक्रमको प्रमुख अतिथि गुञ्जनकी अध्यक्ष कथाकार जलेश्वरी श्रेष्ठ रहेकी थिइन्।

कार्यक्रममा कवि श्रेष्ठले आफ्ना १५ कविता वाचन गरेकी थिइन्। साहित्यकारहरू मन्जिला अनिल, शान्ति पौडेल, सृजना शर्मा, निर्मला फुँयाल, उषा शेरचन, रीता खत्री लगायतले कवि श्रेष्ठको कविता वाचन गरेका थिए।

कार्यक्रममा साहित्यकार डा. यादेवी ढकालले कवि मीना श्रेष्ठको संक्षिप्त परिचय प्रस्तुत गरेकी थिइन्। महिला साहित्य समूहकी संयोजक कवि रीता खत्रीले सहजीकरण गरेको सो कार्यक्रममा प्रमुख अतिथि जलेश्वरी श्रेष्ठ, सभापति उषा शेरचन र कवि मीना श्रेष्ठले विशेष मन्तव्य राखेका थिए।

विस. २०३४ चैत २६ गते खोटाङमा जन्मिएकी कवि मीना श्रेष्ठ २०५३ सालमा "खै कहाँ खोजुँ म नारी मुक्ति" कविता प्रकाशित गरेर नेपाली कविता साहित्यमा प्रवेश गरेकी थिइन्। कवि श्रेष्ठको "बिस्कुन यो मनको" २०७१ र "फर्गेट एस्टर्डे" कविताकृति प्रकाशित छन्। कार्यक्रम डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा भएकाे हाे।

प्रकाशित: ३० जेष्ठ २०८२ १२:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App