११ माघ २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

अभिनव साहित्य समाजकाे छन्द कविता लेखन तथा वाचन प्रशिक्षण

अभिनव साहित्य समाजले छन्द कविता लेखन तथा वाचनको प्रशिक्षणात्मक कार्यशाला गोष्ठी गरेकाे छ।

सरस्वती माध्यमिक विद्यालयको संयोजनमा मावि स्तरीय विद्यालयहरूको शिक्षक र शिक्षिकामा आधारित भएर छन्द कविता लेखन तथा वाचनका लागि एक दिने प्रशिक्षणात्मक कार्यशाला भएकाे हाे।

उपाध्यक्ष विमल अर्याल, सचिव परशुराम पराशर, कोषाध्यक्ष घनश्याम प्रसाइ, सहकोषाध्यक्ष शारदा खनाल, सहसचिन, मेनका आचार्य र सुरभिका अध्यक्ष बाजुराम पौडेलकाे उपस्थितमा कार्यक्रम भएकाे हाे।

गोकर्णेश्वर नपा प्रमुख दीपककुमार रिसालको प्रमुख आतिथ्य, समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे वेदमणिको सभाध्यक्ष, बीपी इलामेको संयोजकत्व कार्यक्रम भएकाे हाे।

विद्यालयका प्राचार्य राजु श्रेष्ठको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे वेदमणि र देवु लुइँटेलको प्रशिक्षण दिएका थिए।कार्यक्रममा ४० भन्दा बढी विद्यालका शिक्षक शिक्षिकाहरू र अभिनवका पदाधिकारीहरूमा रहेका थिए। 

प्रकाशित: २५ जेष्ठ २०८२ ११:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App