इलाममा शिव अधिकारी ‘इलामे जेठो’ को अध्यक्षतामा बुढ्यौली साहित्य समाजको गठन भएको छ।
जेठ २४ गते साहित्यकार प्रकाश थाम्सुहाडको अध्यक्षता र नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश अध्यक्ष बाबुराम पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले ९ सदस्यीय बुढ्यौली साहित्य समाज इलाम शाखा गठन गरेको छ।
यस समितिमा अध्यक्ष शिव अधिकारी ‘इलामे जेठो’, उपाध्यक्ष रविमान लम्जेल, सचिव पवित्रा घिमिरे, कोषाध्यक्ष जमुना लामिछाने, सदस्यहरूमा प्रकाश थाम्सुहाङ, धर्म भण्डारी, तुलाराम पुरी, छिकिन तामाङ र चन्द्रवीर खत्री रहेका छन्।
यस भेलामा इलामका अग्रज साहित्यकारहरू जयनारायण भट्टराई, देवी गौतम, विमल वैद्य, टिका घिमिरे, नगरप्रमुख केदार थापा, तोयानाथ भट्टराई, इतिहासविद् युद्धप्रसाद वैद्य आदि महानुभाव तथा साहित्यकारहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि बाबुराम पोखरेलले बुढ्यौली साहित्यको परिचय दिंदै यसको उद्देश्य र महत्त्वबारे चर्चा गरे।
कार्यक्रममा नव गठित समितिका अध्यक्ष शिव अधिकारीले सबैको साथसहयोगमा बुढ्यौली साहित्यको मर्मअनुसार कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रकाशित: २५ जेष्ठ २०८२ ११:०२ आइतबार





