प्रधानमन्त्री केपी शर्मा ओलीले चित्रकार हरिप्रसाद शर्माको ‘समयक्रममा नेपाल : चित्रकलामा नेपालको इतिहास, संस्कृति र जनजीवन’ शीर्षकको प्रदर्शनी अवलोकन गरेका छन् ।
काठमाडौं उपत्यकाको मौलिक एवं परम्परागत सामाजिक परिवेश र विविध कालखण्डका नेपाली परिघटनालाई आधार बनाएर शर्माले कोर्नुभएको चित्रकलालाई प्रधानमन्त्री ओलीले आज बबरमहलस्थित नेपाल कला परिषद्मा अवलोकन गरेका हुन् ।
अवलोकनपछि प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले नेपाली कला, संस्कृति र इतिहासलाई चित्रमा उतार्नु सहज नभए पनि कलाकार शर्माले मेहनतपूर्वक चित्रकलामा आफूलाई सक्रिय बनाएको बताए।
नेपाल सम्पदा सङ्घको आयोजनामा उक्त प्रदर्शनी यही जेठ ९ गतेदेखि सञ्चालन भइरहेको छ ।
प्रकाशित: २० जेष्ठ २०८२ १८:४८ मंगलबार





