८ माघ २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

चलचित्र 'द ब्ल्यू लाइट'को शुभमुहूर्त

चलचित्र 'द ब्ल्यू लाइट'को शुभमुहूर्त गरिएको छ । कमलादीस्थित गणेश मन्दिरमा मंगलबार निर्माणपक्षले चलचित्रको शुभमुहूर्त गरेको हो । 

शुभमुहूर्तमा सिनेमाका मुख्य कलाकार र प्राविधिकको उपस्थिति रहेको थियो । शुभमुहूर्तसँगै चलचित्रको छायांकन आगामी बिहीबारदेखि सुरु गर्ने तयारी निर्माण पक्षको छ । काठमाडौं उपत्यका भित्रका विभिन्न स्थानमा खिचिने यस चलचित्रको छायाकंन तालिका २० दिन तय गरिएको छ । 

'द ब्ल्यू लाइट'लाई बलिराम चौहानले निर्देशन गर्नेछन् । उनको यो डेब्यु निर्देशन हो । चौहान अहिलेको प्रतिक्षित चलचित्र 'बलिदान'को लेखक तथा मुख्य सहायक निर्देशक हुन् । 

चलचित्रको थिम पोस्टर यसअघि नै सार्वजनिक भइसकेको छ । थिम पोस्टरमा निलो रङले घेरिएको वातावरणबीच एक बालिका उभिएकी छन् । पोस्टरमा बालिकाको कम्मरदेखि माथिसम्मको भाग देखाइएको छ । उनको जुङरुङ्ग कपाल तथा विछिप्त मुद्राबाट चलचित्रको रहस्यमय तथा मनोवैज्ञानिक पृष्ठभूमि झल्किन्छ ।

'द ब्ल्यू लाइट'को प्रमुख भूमिकामा अर्पण थापा, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी छन् । यस्तै चलचित्रको बाल कलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्मा छन् ।

साइकोलोजिकल थ्रिलर जनरामा निर्माण हुने चलचित्रलाई स्काइफल पिक्चर्सको प्रस्तुत गर्न लागेको हो । 'द ब्ल्यू लाइट'को को–प्रोडुसरको रुपमा रमन ग्रे रहनेछन् । चलचित्रको छायांकन नरेन्द्र मैनालीले गर्नेछन् । आकाश उखेडा मख्य सहायक निर्देशक रहेको चलचित्रमा रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक छन् ।

निर्देशक चौहानले चलचित्रको कथावस्तु गोप्य राखेका छन् । 'विस्तारै हाम्रा प्रचार कन्टेनमार्फत कथावस्तुबारे हामी जानकारी दिँदै जानेछौँ,' निर्देशक चौहानले भने, 'हामी यो जानराकै एक उत्कृष्ट सिनेमा बनाउने छौँ । दर्शकले रुचाउने चलचित्र बनाउने छौँ ।'

'द ब्ल्यू लाइट' सन् २०२५ भित्रै रिलिज हुने निर्देशक चौहानले बताए ।

प्रकाशित: २० जेष्ठ २०८२ १३:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App