१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

साहित्यकार एलबी क्षेत्रीको ‘अमेरिकामा ४३ दिन’ लाेकार्पण

महिला साहित्य समूह, काठमाडाैंले साहित्यकार एलबी क्षेत्रीको संस्मरणात्मक कृति ‘अमेरिकामा ४३ दिन’ काे लाेकार्पण गरेकाे छ।

महिला साहित्यकार समूहले आयोजना गरेको सो कार्यक्रममा ‘अमेरिकामा ४३ दिन’  कृतिको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि कवि लक्ष्मी माली, कार्यक्रमका अध्यक्ष कवि उषा शेरचन लगायतले गरेका थिए।

काठमाडौं, अनामनगरस्थित डालो रेस्टुरेन्टमा भएकाे कार्यक्रमका डा. सिर्जना शर्मा र डा. अशोक थापाले लोकार्पित कृतिबारे समीक्षात्मक टिप्पणी गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि कवि लक्ष्मी माली, कार्यक्रमका अध्यक्ष कवि उषा शेरचन, कृतिकार एलबी क्षेत्री लगायतले मन्तव्य राखेका थिए।

महिला साहित्य समूह काठमाडौंका संयोजक कवि रिता खत्रीले सहजीकरण गरेकाे उक्क कार्यक्रममा साहित्यकारहरूको बाक्लो उपस्थित रहेको थियो।

प्रकाशित: ३१ वैशाख २०८२ १३:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App