९ पुस २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

भक्तपुरमा वैशाख २० गते दीप श्रेष्ठका गीत गुञ्जने

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने भएको छ। आइतबार भक्तपुरमा पत्रकार सम्मेलन गरी भक्तपुर सांगीतिक समाज र भक्तपुर चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने जानकारी दिइएको हो। सांगीतिक साँझ भक्तपुरको सल्लाघारीमा हुनेछ।  

पत्रकार सम्मेलनमा वरिष्ठ गायक दीप श्रेष्ठले संगीतमा आधुनिकरण बढिरहेको र ट्रयाकमा गाउने कुरा गायकहरुका लागि राम्रो नभएको बताए। उनले समसामयिक गीतहरु लोप हुन थालेकोप्रति चिन्ता व्यक्त गरे।

एक हजारभन्दा बढीको उपस्थिति रहने अनुमान गरिएको कार्यक्रम स्थलमा विभिन्न उत्पादनहरू एवं विभिन्न परिकारका खानाका स्टलहरू समेत रहने आयोजकको भनाइ छ।  

सहभागिताका लागि प्रतिव्यक्ति एक हजार, १ हजार ५ सय र २ हजार ५ सय सम्मको प्रवेश टिकट रहने आयोजकको भनाइ छ।

प्रकाशित: ७ वैशाख २०८२ १३:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App