१० पुस २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

कुमाल बस्तीमा कविता गाेष्ठी

‘प्रगतिशील लेखक संघ संखुवासभा’ ले कुमाल बस्तीमा कवि गाेष्ठी गरेकाे छ। ‘गाउँगाउँमा प्रलेस टोलटोलमा साहित्य’ कार्यक्रमको दोस्राे शृङ्खला कविता गाेष्ठी तथा शुभकामना आदानप्रदानकाे साथ सम्पन्न गरेको छ।

कुमाल समाज नेपाल, संखुवासभाको व्यवस्थापनमा सङ्खुवासभाको तुम्लिङटारकाे कुमाल समुदायमा उक्त कार्यक्रम भएको हाे।

कुमाल समुदाय आफ्नै भाषा र संस्कृति भएको, माटोको भाँडा बनाउने परम्परागत पेशा भएको अरुण उपत्यकाको अल्पसङ्ख्यक सीमान्तकृत आदिवासी जनजाति हो।कार्यक्रममा उनीहरूसँग ‘कला जीवनका लागि’ प्रस्तुत गरिएकाे छ।

कार्यक्रममा ३५ बालबालिकालाई कपीकलम वितरण गरी कार्यक्रमका सभापति ताराबहादुर बुढाथोकीले कविता लेख्न सिकाएका थिए। सोनु कुमाल, सलिना श्रेष्ठ, कृष्टिना दुत्पाउ, युनिस गौतम, सोनिया कुमाल, सुसान्त अधिकारी, दीक्षा कुमाल, सुमित्रा कुमाल, रेजिना कुमाल, स्मारिका कुमाल, विवशा कुमाल, आदर्श कुमाल, स्पन्दन दिक्पाल, रेजिना मगर लगायत १४ बालबालिकाले कविता वाचन गरेका थिए।

कविता प्रतियाेगितामा सोनिया कुमाल प्रथम, सलिना श्रेष्ठ द्वितीय र दीक्षा कुमाल तृतीय भएका थिए।

कुमाल समाजको हलमा सम्पन्न कार्यक्रममा प्रलेस सदस्य भुवन हलिदेले सञ्चालन गरेका थिए। उक्त कार्यक्रममा कुमाल समाजका कोषाध्यक्ष अरुणा कुमालले स्वागत मन्तव्य राखेकी थिइन्।

कवि कृष्णबहादुर चापागाई, कवि विरेश राई, कवि राम गुरुङ, कवि गुरुप्रसाद सुवेदी, कवि मैया बजगाई र सुशीला कुमाल मगरले आफ्ना गजल तथा कविता प्रस्तुत गरेका थिए।

कार्यक्रममा शिक्षकहरू मित्राकुमारी राई, सवित्रा पन्त सुवेदी, खड्गकुमारी दाहाल लगायत कुमाल समाजका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले कुमाल समुदायमा प्रशिक्षणसहितको कवि गोष्ठी आयोजना गर्नुको दूरगामी महत्त्व रहेको साथै प्रलेसले सही स्थान र सही समुदाय छनोट गरेको बताए।

कार्यक्रमका सभापति समेत रहेका प्रलेस जिल्ला समिति अध्यक्ष ताराबहादुर बुढाथोकीले कुमाल जातिको जीवन्त कविता सुनाउँदै नितान्त पछाडि पारिएको समुदायमा प्रगतिशील र जनवादी साहित्य रचना गर्न प्रेरित गर्नु र सुनाउनु शहरमा सुकिलाहरूबिच कविता गोष्ठी गर्नुभन्दा महत्वपूर्ण हुने ठानी आफूहरूले कुमाल बस्ती रोजेको कुरा बताए। 

प्रकाशित: ७ वैशाख २०८२ ११:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App