‘म आफ्नो लागि जिउन खोजेर के अपराध गरें?’ विनाले लापर्वाहसँग भनी।
‘मानिसको जिन्दगी खुसी मात्र कहाँ हो र त्याग पनि त हो।’ निलिमाले विनालाई सम्झाउन खोजिन्।
‘दुई दिनको जिन्दगी खुसीले जिउनुपर्छ। सधैं आफूले दुःखकष्ट मात्र झेलेर हुन्छ र?’ विनाले पनि आफूलाई लागेको भनी।
निलिमाले मुस्कुराउँदै भनिन्, ‘मानिसको जीवन भनेको दुःखसुख मिश्रित हुन्छ। घामछाया र दिनरात प्रकृतिले पनि त अनुभव गराएको हुन्छ।’
‘कैयौंले जीवनको परिभाषा नबुझेर आफूलाई नर्कमा पुर्याएका हुन्छन्। खुसी पनि खोजेर पाउछौँ त? बरू झिनामसिना कुरामा प्रसन्न हुने र मनभित्र सकारात्मक विचारको विकास गर्न सक्नु मानव जीवनका खुसीका आधारहरू हुन्। जो खुसी खोज्दै हिंड्छ उसैले दुःखका पोकाहरू थुपारेको हुन्छ।’ मनकलिले पनि आफूलाई लागेको भनिन्।
‘म त आफ्नो खुसी त्याग्न सक्दै सक्दैन बरू घर नै त्याग्दिन्छु।’ विना आफ्नै जिद्दमा अडी।
‘अब यसो सोच त तिमीले घर त्यागेपछि कतिका खुसीहरू खोस्छौ त्यो कुराको अहसास् छ तिमीलाई?’
आफ्नो क्षणभरको खुसीका लागि पूरै घरको खुसी सुख चयन सबै खोस्नेलाई के भन्ने!
प्रकाशित: ६ वैशाख २०८२ ११:३० शनिबार