भारतीय चलचित्र 'राजा शिवाजी' बाट सलमान खानको पहिलो लुक सार्वजनिक भएको छ, जसमा उनलाई जुँगा र भगवा पगडी लगाएको देखाइएको छ। रितेश देशमुख निर्देशित यो चलचित्र आज सिनेमाघरहरूमा रिलिज भएको छ, जसमा सलमानले जीवा महालेको भूमिकामा देखिँदै छन्।
राजा शिवाजी मराठा सम्राट छत्रपति शिवाजी महाराजको जीवनीमा आधारित चलचित्र हो। रितेश देशमुख मुख्य भूमिकामा छन्। बहु स्टारर चलचित्रमा अभिषेक बच्चन, सञ्जय दत्त, फरदीन खान, विद्या बालन, बोमन इरानी, महेश मांजरेकर र भाग्यश्रीले अभिनय गरेका छन्।
चलचित्र रिलिज भएसँगै उनको लुक सामाजिक सञ्जालमा देखिएको छ, जसमा उनी परम्परागत मराठा पोशाकमा देखिएका छन्। पहिले सलमानको चरित्र पहिले आधिकारिक रूपमा पुष्टि भएको थिएन। अब फिल्म रिलिज भएपछि उनी विशेष भूमिकामा रहेको स्पस्ट भएको छ।
फिल्मको प्रचारका क्रममा रितेश देशमुखले सलमान आफैँले फिल्मको हिस्सा बन्ने इच्छा व्यक्त गरेको खुलासा गरे। उनले सलमान उनका अघिल्ला फिल्महरू 'लय भारी' र 'वेदा' मा पनि काम गरिसकेका थिए। उनीहरूको मित्रताको कारणले उनले यो फिल्ममा पनि काम गर्ने इच्छा व्यक्त गरे।
फिल्ममा सलमानको केमियोलाई सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आएको छ। धेरै प्रयोगकर्ताहरूले उनको प्रवेशलाई शक्तिशाली भनेका छन्।
प्रकाशित: १८ वैशाख २०८३ १४:०७ शुक्रबार





