सामसङ नेपालले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार तथा उनीहरूका परिवारलाई लक्षित गर्दै ‘Remit मा Benefit’ नामक विशेष उपभोक्ता अभियान सुरु गरेको घोषणा गरेको छ।
कम्पनीका अनुसार यो अभियान विदेशमा श्रम गरिरहेका नेपालीहरूको योगदानलाई सम्मान गर्दै उनीहरूले पठाउने रेमिट्यान्सलाई परिवारको जीवनस्तर सुधारसँग जोड्ने उद्देश्यले ल्याइएको हो।
सामसङले रेमिट्यान्स केवल आर्थिक सहयोग मात्र नभई त्याग, आकांक्षा र जिम्मेवारीको प्रतीक भएको उल्लेख गर्दै यस अभियानमार्फत आकांक्षा र पहुँचबीचको दूरी कम गर्ने लक्ष्य राखेको जनाएको छ। अभियानअन्तर्गत रेमिट्यान्समा आधारित परिवारलाई प्रिमियम प्रविधि सहज रूपमा उपलब्ध गराउन विभिन्न विशेष अफर सार्वजनिक गरिएको छ।
उपलब्ध सुविधाहरू
स्मार्टफोन, सामसङ टिभी, रेफ्रिजेरेटर र वासिङ मेसिनमा अधिकतम ६ प्रतिशतसम्म क्यासब्याक
Ncell रिचार्जमा अधिकतम १८० जीबी बोनस डेटा
२४ महिनासम्मको EMI सुविधा
कम्पनीका अनुसार यी सुविधाले मासिक किस्ता भार घटाउँदै गुणस्तरीय तथा प्रिमियम उत्पादनमा पहुँच विस्तार गर्नेछ।
यो अभियान IME Remit, Khalti, HFL, HIM Electronics र Triveni Byapar Limited सँगको सहकार्यमा सञ्चालन गरिएको हो।
अफर उपयोग गर्ने प्रक्रिया
IME Remit मार्फत रेमिट्यान्स प्राप्त गर्ने
IME कन्ट्रोल नम्बर सहित स्टोरमा जाने
इच्छित डिभाइस छनोट गरी HFL मार्फत ऋण आवेदन दिने
सामसङ स्मार्टफोन खरिद गर्दा Ncell प्याक लिएर बोनस प्राप्त गर्ने
Khalti मार्फत योग्य क्यासब्याक प्राप्त गर्ने
अभियान सार्वजनिक कार्यक्रममा सामसङ नेपालका MX Business का सिनियर डाइरेक्टर प्रणय रत्न स्थापितले रेमिट्यान्स लाखौं नेपालीको आशा र आकांक्षाको प्रतिविम्ब भएको बताए। उनले ‘सपनादेखि सम्भावनासम्म’ अभियानमार्फत विदेशमा रहेका नेपालीको योगदानलाई सम्मान गर्दै परिवारका लागि प्रविधि अझ पहुँचयोग्य बनाउने लक्ष्य रहेको बताए।
कम्पनीका अनुसार यो अफर IME Remit मार्फत कारोबार गर्ने रेमिटर तथा उनीहरूका आश्रितका लागि विशेष रूपमा उपलब्ध हुनेछ।
प्रकाशित: १८ वैशाख २०८३ १४:१५ शुक्रबार





